२०८३, २६ भाद्र शनिबार

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ  : नवनियुक्त मन्त्री मगर

भौतिक पूर्वाधार मन्त्रालय दिने मौखिक सहमती भएको छ  : नवनियुक्त मन्त्री मगर


मकवानपुर । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी सांसद रमा आले मगरले विना विभागीय मन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएकी छन्।

मंगलबार बिहान उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ दिलाएका हुन्।

मन्त्री आलेलाई एक हप्ताभित्रै जिम्मेवारी दिने मुख्यमन्त्री जम्मकट्टेलले प्रतिबद्धता जनाएका छन्।

यद्यपी विना विभागीयको शपथ लिएकी आलेले भौतिक पूर्वाधार मन्त्रालयमा आफ्नो दाबी रहेको बताएकी छन्।

शपथ ग्रहण पश्चात् सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री आलेले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी आफूले पाउनुपर्ने बताएकी हुन्।

उनले भनिन्, ‘काठमाडौं क्षेत्र नं–१० प्रदेश ‘ख’ को नागरिकले मलाई कामयावी मान्छेको रुपमा हेर्नुहुन्छ। त्यसो हुँदा म कामयावी मन्त्रालयको जिम्मेवारी लिन चाहन्छु। मैले भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी पाउँनुपर्छ ।’

भौतिक पुर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्षम रहेको बताएकी उनले आफूलाई मुख्यमन्त्रीले सो मन्त्रालयको जिम्मेवारी दिने मौखिक सहमती भएको बताएकी हुन् ।

नवनियुक्त मन्त्री आले काठमाडौं–१० ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रकाशित मिति : २०८०, २० चैत्र मंगलबार  १२ : ३२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।