२०८३, २४ आश्विन आईतबार

ट्रम्पले मदुरो दम्पतीलाई पक्राउ गरेको घोषणा

वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई अमेरिकी सेनाको कारबाहीपछि ‘नियन्त्रणमा लिइएको’ बताएका छन्। ट्रम्पले मदुरोलाई लागुऔषध आतंककारी भन्दै मस्ट वान्टेड लिस्टमा राखेको बताउँदै, भेनेजुएलामा अमेरिकी कारबाही सफल भएको बताएका छन्।