२०८३, २९ भाद्र मंगलबार

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’


काठमाडौं । इरानले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला लिने चेतावनी दिएको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोलघद्रले जारी गरेको सन्देशमा खामेनीको हत्या गराउनेहरूमाथि प्रतिशोध लिइने स्पष्ट उल्लेख गरिएको छ।

इरानी सञ्चारमाध्यममा सार्वजनिक गरिएको उक्त सन्देशपछि जोलघद्रले सामाजिक सञ्जाल एक्समार्फत पनि “खामेनीको रगतको हिसाब अवश्य हुनेछ” भन्ने आशयको सन्देश दिएका छन्।

खामेनीको गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका थिए। उक्त आक्रमणमा उनका परिवारका केही सदस्यसहित इरानका उच्च सैन्य तथा सुरक्षा अधिकारीहरू पनि मारिएका थिए। त्यसपछि उनका छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेताका रूपमा चयन भएका छन्।

यसबीच इरानले खामेनीको राजकीय अन्त्येष्टि जुलाई ४ देखि ९ सम्म तेहरान, कोम र मशहदमा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। युद्धका कारण मार्चमा तय गरिएको अन्त्येष्टि स्थगित भएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको हो।

इरानको पछिल्लो चेतावनीले मध्यपूर्वमा तनाव पुनः चर्किने संकेत दिएको विश्लेषण गरिएको छ। यद्यपि प्रतिशोध कहिले र कसरी लिइने भन्नेबारे इरानी पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित मिति : २०८३, १७ असार बिहीबार  ९ : १३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक