काठमाडौँ, ३० असोज :सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिक रुपमा मात्रै नभई नेपालको आर्थिक समृद्धिको मार्गचित्र पहिल्याउन पनि सफल भएको छ । यसको प्रभाव दीर्घकालीन रुपमा समेत पर्नेछ ।” मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन…