काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेश भएको थियो । यस्तै पार्टीको केन्द्रीय पदाधिकारीको संख्या ११ बाट बढाएर १५ पुर्याउने…