२०८३, २१ आश्विन बिहीबार

सार्वजनिक सम्पत्ति संरक्षणमा गोली चलाउन काठमाडौं सीडीओको कडा आदेश

सार्वजनिक सम्पत्ति संरक्षणमा गोली चलाउन काठमाडौं सीडीओको कडा आदेश

सार्वजनिक सम्पत्ति तोडफोड भएमा गोली चलाउन आदेश


काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक परेमा रबरको गोली चलाउन आदेश दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक परेमा रबरको गोली चलाउन आदेश दिएका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालका अनुसार, ‘प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्ति संरक्षणका लागि आवश्यक परेमा बल प्रयोग गर्ने आदेश दिनुभएको छ। सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरे पनि गोली चलाउन पाउने अनुमति भएको हो ।’

तर, सहायक प्रमुख जिल्ला अधिकारी रिजालले सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश नभएको र रबरको गोली मात्र प्रयोग गर्ने हदसम्म अनुमति दिइएको स्पष्ट पार्नुभयो । हालसम्म कति जनामाथि गोली प्रहार भएको वा कति घाइते भएका छन् भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

यस आदेशले काठमाडौंमा जारी तनावपूर्ण परिस्थितिमा सुरक्षा र नियन्त्रण कायम गर्न उद्देश्य राखिएको भए पनि यसले पनि विवाद र प्रश्नहरू उठाउने सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ३ : ३० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी