काठमाडौं, २३ साउन : गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याइए आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघीय सरकारमा रहेका तीन राजनीतिक दलबाट सार्वजनिक गरिएको संयुक्त सरकारको साझा न्यूनतम कायक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ भन्ने प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै…