२०८३, २० आश्विन बुधबार

नेविसंघले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दियो

नेविसंघले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दियो


काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ।

आइतबार नेविसंघका केन्द्रीय सदस्य मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्त हस्ताक्षर गर्दै जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा जाहेरी दिएका हुन्। केन्द्रीय सदस्य बिष्टका अनुसार, “हामीले २४ घण्टाभित्र घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौं।”

भदौ २३–२४ गते जेनजी समूहको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र सरकारी कार्यालय तथा नेताहरूको घरमा तोडफोड र आगजनी भएको थियो। नेविसंघले मेयर शाह र सुदन गुरुङमाथि विद्यार्थीहरूलाई विद्यालय पोसाकमा हिंडाउन उक्साउने, राष्ट्रिय सम्पदा ध्वस्त बनाउने र सरकारी तथा निजी भवनमा लुटपाट गराउने आरोप लगाएको छ।

यसअघि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि यस्तै उजुरी दर्ता गरेको थियो।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  १२ : ५१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको