२०८२, १६ पुस बुधबार

कांग्रेस–एमालेबीच छलफल सम्पन्न, मन्त्री हेरफेरबारे चर्चा भएन

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय छलफल सम्पन्न भएको छ। तर, बैठकमा मन्त्रीपरिषद् हेरफेरको विषयमा भने कुनै छलफल नभएको स्रोतले जनाएको छ। बैठकमा संसदमा विचाराधीन विधेयकहरू, कानुन संशोधनका विषयमा विशेष रूपमा छलफल गरिएको छ। यिनै विषयलाई ध्यानमा राखी बैठकमा महान्यायाधिवक्ता रमेश बडाललाई पनि आमन्त्रित गरिएको थियो।…