२०८३, २० आश्विन बुधबार

पार्टी एकजुट भएर राजनीतिक चुनौतीको सामना गर्नुपर्छ: शंकर पोखरेल

पार्टी एकजुट भएर राजनीतिक चुनौतीको सामना गर्नुपर्छ: शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी एकताको महत्व औँल्याउँदै मुलुकमा सिर्जना भइरहेको राजनीतिक अस्थिरता र षड्यन्त्रको विरुद्धमा सिंगो पार्टीले एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।

एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै पोखरेलले भने, “राष्ट्रका सामु उत्पन्न चुनौतीहरूलाई पार्टीले कसरी सामना गर्ने भन्ने विषयमा, चुनौतीको समयमा एकताबद्ध भएर अगाडि बढ्न अत्यावश्यक छ। षड्यन्त्रलाई रोक्न एकताको ठूलो अर्थ हुन्छ।”

उनले मुलुकलाई प्रतिगमनतर्फ लैजान युवाहरूको दुरुपयोग गर्ने प्रयास भइरहेको आरोप पनि लगाउँदै भने, “एमालेले युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नुपर्छ भन्ने स्पष्ट सन्देशसहितको काम गरिरहेको छ।”

पार्टी नेतृत्वले यस माध्यमबाट आन्तरिक एकता मजबुत गर्दै राष्ट्र र पार्टी सामु आएको चुनौतीलाई साझा प्रयासबाट पार लगाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १२ : ५० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको