२०८३, २० आश्विन बुधबार

म हट्ने नहट्ने फेसबुकले होइन, कमिटीले भन्छ : अध्यक्ष ओली

म हट्ने नहट्ने फेसबुकले होइन, कमिटीले भन्छ : अध्यक्ष ओली


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको नेतृत्वबाट हट्ने–नहट्ने निर्णय सामाजिक सञ्जालले होइन, पार्टीको आधिकारिक संरचनाले गर्ने बताएका छन्।

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वबाट हट्न तयार रहेको तर त्यसको निर्णय केन्द्रीय कमिटी वा महाधिवेशनले मात्र गर्न सक्ने स्पष्ट पारे।

उनले भने, “मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ। कमिटीले जसरी भन्छ, त्यसको आदेशमा म जुनसुकै निर्णय गर्न तयार छु।”

ओलीले पार्टीभित्रको आन्तरिक छलफल र निर्णय प्रक्रियालाई सम्मान गर्नुपर्ने बताउँदै संगठनलाई सुदृढ बनाउँदै अघि बढ्न सबैलाई आह्वान गरे।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  १ : २४ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको