काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङसहित दुई जनालाई भक्तपुर जिल्ला अदालतले पाँच दिन कैद र पाँच सय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। उनीहरूविरुद्ध भक्तपुरको साँगास्थित झोलुङ्गे पुल तर्न शुल्क असुलीको विरोध गर्ने क्रममा सार्वजनिक सम्पत्तिको क्षति पुर्याएको आरोपमा मुद्दा दायर गरिएको थियो । अदालतकी प्रवक्ता हीराकुमारी भण्डारीका अनुसार अभियन्ता तामाङले रसिद बुक च्यातिदिएको प्रमाणका आधारमा…