२०८३, ८ भाद्र मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक : ५० सदस्यको धारणा, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने

एमाले केन्द्रीय कमिटी बैठक : ५० सदस्यको धारणा, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने


काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु भएको छ। बैठकमा हालसम्म ५० जना केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको “राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकमा सदस्यहरूले अन्तरिम सरकार गठन प्रक्रिया, प्रतिनिधि सभा विघटन, फागुन २१ मा सरकारले घोषणा गरेको निर्वाचन र त्यसमा एमालेको भूमिकाबारे विस्तृत रूपमा छलफल गरेका छन्। सदस्यहरूले साथै पार्टीको जनपरिचालन र संगठन विस्तार, लोकतन्त्र र संविधानको रक्षा, र त्यसका लागि हुने राजनीतिक सहकार्यको स्वरूपबारे पनि धारणा राखेका छन्। गौतमका अनुसार, बैठकमा ३६० सदस्यहरूले धारणा राख्ने कार्यक्रम रहेकामा आज ५० जनाले मात्रै बोल्न पाएका छन्। बैठक पुनः भोलि बिहान ८ बजेदेखि सुरु हुनेछ र बाँकी सदस्यहरूले आफ्ना विचार प्रस्तुत गर्नेछन्।

उनका अनुसार, केन्द्रीय सदस्यहरूले हालैको जेनजी आन्दोलन र सरकारको भूमिकाबारे पनि प्रश्न उठाएका छन्। भदौ २३ र २४ का त्रासदीपूर्ण घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि व्यापक रूपमा आएको गौतमले बताए। सदस्यहरूले अहिले गठन भएको छानबिन समितिका संयोजक सुरुदेखि नै पूर्वाग्रही भएको टिप्पणी गर्दै, निष्पक्ष उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने धारणा राखेका छन्। बैठकमा संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउन पार्टीले वृहत् राजनीतिक आन्दोलन सञ्चालन गर्नुपर्ने विषय पनि जोडका साथ उठाइएको छ।

त्यस्तै, केही केन्द्रीय सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता सम्बन्धी विषय पनि छुटफुट रूपमा उठाएको गौतमले जानकारी दिएका छन्। बैठकमा प्रस्तुत विभिन्न धारणा र सुझावहरूको जवाफ तथा स्पष्टिकरण पर्सी पार्टी अध्यक्ष ओलीले दिने तयारी भएको गौतमले बताए।पार्टी सदस्यता सम्बन्धी विषय पनि छुटफुट रूपमा उठाएको गौतमले जानकारी दिएका छन्। बैठकमा प्रस्तुत विभिन्न धारणा र सुझावहरूको जवाफ तथा स्पष्टिकरण पर्सी पार्टी अध्यक्ष ओलीले दिने तयारी भएको गौतमले बताए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ७ : ३८ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र