२०८२, २८ कार्तिक शुक्रबार

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि २९ गते पोखरामा गर्ने प्रस्ताव

मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ।”


काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गर्नुभएको हो। अध्यक्ष ओलीको प्रस्तावबारे अहिले बैठकमा छलफल भइरहेको र अन्तिम निर्णय बैठककै निष्कर्षअनुसार हुने जनाइएको छ। ओलीले प्रस्ताव गरेको महाधिवेशन तीन दिनसम्म चल्नेछ। पार्टीको नीतिगत, संगठनात्मक तथा नेतृत्व पुनर्गठनका एजेन्डामा यस महाधिवेशनमा छलफल हुने अपेक्षा गरिएको छ। हाल एमालेभित्र अध्यक्ष ओलीको नेतृत्वसम्बन्धी बहस चलिरहेको छ। सोही सन्दर्भमा ओलीले मंगलबारको बैठकमा प्रतिक्रिया दिंदै भनेका थिए – “मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, यो कमिटीले भन्नुपर्छ।”

एमाले केन्द्रीय कमिटीको बैठकले आगामी महाधिवेशनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, नीति परिमार्जन र कार्यदिशा निर्धारणका प्रस्तावहरू पनि छलफलमा राखेको छ। पार्टीका अनुसार, औपचारिक मिति र स्थानबारे निर्णय केन्द्रीय कमिटी बैठकले केही दिनभित्र सार्वजनिक गर्नेछ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  २ : ५३ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई