काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि कडा टिप्पणी गर्दै उनको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने बताएका छन्। कांग्रेसको इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसलाई वर्तमान राजनीतिक संकटबाट निकाल्न शेरबहादुर देउवाको नेतृत्व आवश्यक रहेको दाबी गरे। देउवाले विगतमा पार्टीलाई वडा, पालिका, प्रदेशदेखि संघ र राष्ट्रिय सभासम्म बलियो अवस्थामा पुर्याएको उनको भनाइ…