२०८३, ७ कार्तिक शनिबार

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत

अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वयले मारे एमाले केन्द्रमा छलाङ, धर्म गिरी र नारायण घर्ती मनोनीत


काठमाडौं । विद्यार्थी आन्दोलनबाट राजनीतिक नेतृत्वमा स्थापित अनेरास्ववियुका पूर्व उपाध्यक्षद्वय धर्म गिरी र नारायण घर्ती नेकपा (एमाले)को केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले गिरी र घर्तीसहित विभिन्न क्षेत्रका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनीत गरेको हो। गिरी प्यूठान र घर्ती जाजरकोटबाट केन्द्रीय कमिटीमा आएका हुन्। अनेरास्ववियुको संगठन निर्माण र विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका दुवै नेता अब पार्टीको केन्द्रीय नेतृत्वमा पुगेका छन्। उनीहरूको मनोनीतलाई विद्यार्थी राजनीतिबाट मूल पार्टीको कमिटीमा जिम्मेवारी हस्तान्तरणको रूपमा समेत हेरिएको छ।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशनपछि मनोनयन हुन बाँकी केन्द्रीय सदस्यहरू चयन गरेको हो। बैठकले सात जनालाई स्थायी कमिटी सदस्यमा समेत मनोनीत गरेको छ। गिरी र घर्तीको केन्द्रीय कमिटीमा प्रवेशसँगै अनेरास्ववियुको विद्यार्थी राजनीतिबाट पार्टीको मूल नेतृत्वमा पुगेका नेताहरूको उपस्थिति थप भएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ११ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना