२०८३, ३० जेष्ठ आईतबार

कालो दिन भन्नेको मन कालै रहेछ : नेता रावल

कालो दिन भन्नेको मन कालै रहेछ : नेता रावल


काभ्रेपलाञ्चोक, २ असोज:नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताउनुभएको छ । राष्ट्रिय पोशाक संरक्षण महाअभियान जिल्ला कमिटीद्वारा संविधान दिवसको अवसरमा आज बनेपामा आयोजित ‘औपचारिक राष्ट्रिय पोशाक घोषणामा आम नागरिकको भूमिका’ विषयक विचार गोष्ठीमा नेता रावलले नागरिकतासम्बन्धी अन्तरिम संविधानको कुरा उठाउने र प्रतिनिधिसभा राज्य व्यवस्था समितिमा २०६३ सालको अन्तरिम विधेयकअनुसार दिनुपर्ने भन्नेले वर्तमान संविधान जारी भएको दिनलाई कालो दिन भनेको बताउनुभयो । उहाँले नेपाली काङ्ग्रेसले तत्कालीन अन्तरिम संविधानअनुसार जारी विधेयकबाट नागरिकता दिनुपर्ने कुरा नाजायज भएको बताउनुभयो ।

“पश्चगामी र नेपालीको अहित हुने दिशातर्फ मुलुक जानुहुँदैन, अझै गलत र अवैध तरिकाले नागरिकता दिइएको पाइए तत्काल खारेज गर्नुपर्छ”, उहाँले भन्नुभयो । विदेशीलाई नेपालमा ल्याएर नेपालीलाई अल्मल्याउने षडयन्त्र भइरहेको नेता नेपालको आरोप थियो । नेता रावलले आफू गृहमन्त्री हुँदा नेपाल र नेपालीको पहिचान बोकेको दौरा सुरुवाल र गुन्यू चोलीलाई पुनः राष्ट्रिय पोशाकको रुपमा पुनःस्थापित गर्ने निर्णयलाई तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले उल्ट्याएको बताउनुभयो ।

नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गद कटुवालले हरेक राष्ट्रको आ–आफ्नो राष्ट्रिय पहिचान भएको चर्चा गर्नुभयो । भाषा, संस्कृतिअनुसार पहिचान दिलाउन सकिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “नेपाली हुँ भनेर चिनाउने हजारौँ पहिचान छन्, सबैले रुचाउने विषयलाई राष्ट्रिय पहिचान बनाउनुपर्छ ।” प्रदेशसभा सदस्य वसुन्धरा हुमागार्इँ, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवा, बनेपा नगरपालिका उपप्रमुख रेखा दाहाललगायतले राष्ट्रिय पोशाक संरक्षण महाअभियानलाई देशव्यापी बनाउन सुझाव दिनुभयो । अभियानका केन्द्रीय अध्यक्ष विवश घिमिरे र जिल्ला संयोजक नवराज घिमिरेले आफूहरुको अभियानमा साथ दिन सबैसँग आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति : २०७६, २ आश्विन बिहीबार  ७ : ४८ बजे

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको