२०८३, २० आश्विन बुधबार

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी


काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको छ। दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी वरिष्ठ नेताको हैसियतमा पहिलोपटक सहभागी हुने भएकी छन्।

एमाले केन्द्रीय कमिटीले केही समयअघि भण्डारीलाई वरिष्ठ नेताका रुपमा मनोनयन गरेको थियो। त्यसपछि बस्न लागेको स्थायी कमिटीको बैठकमा उनको सहभागिता हुन लागेको हो।

बैठकमा पार्टीका विभिन्न सांगठनिक जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरिएको छ। प्रचार प्रमुख नीरज आचार्यका अनुसार केन्द्रीय सदस्यदेखि पोलिट्ब्युरो तथा स्थायी कमिटीका थप सदस्यको जिम्मेवारी टुंगो लगाउने विषय बैठकको कार्यसूचीमा छ।

यस्तै ज्येष्ठ कम्युनिष्ट मञ्च र पार्टीका विभिन्न विभागमा सदस्यको जिम्मेवारीसमेत निर्धारण गरिनेछ।

एमालेको नयाँ संरचनाअनुसार स्थायी कमिटीमा पार्टीका सम्पूर्ण पदाधिकारीसहित थप सात जना सदस्य रहेका छन्। तीमध्ये पूर्ववरिष्ठ नेता ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे रहेका छन्।

भण्डारीको स्थायी कमिटीमा पहिलो सहभागितासँगै बैठकलाई एमालेको पछिल्लो सांगठनिक गतिविधिको महत्वपूर्ण बैठकका रुपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, २० आश्विन बुधबार  १० : ३० बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय