काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आफू उम्मेदवार नहुने स्पष्ट घोषणा गरेका हुन्। बैठकमा पार्टीले शर्मालाई आगामी निर्वाचनका लागि झापा–१ बाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको थियो। तर, उक्त सिफारिसप्रति धन्यवाद व्यक्त गर्दै शर्माले यसपटक निर्वाचनमा सहभागी नहुने निर्णय सुनाएका…