काठमाडौँ, १४ कात्तिक : नयाँ शक्ति पार्टी नेपालले नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायत पार्टीबाट जनता निरास बनेको दाबी गर्दै वैकल्पिक राजनीतिको खोजीमा बलियो क्रान्तिकारी–लोकतान्त्रिक पार्टी निर्माणको बलियो आधार बनेको बताएको छ । आजदेखि शुरु भएको सो पार्टीको १५औँ सङ्घीय परिषद्को बैठकमा संयोजक डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा नयाँ शक्तिले समावेशिता, समानुपातिकता…