२०८३, १ आश्विन शुक्रबार

प्रधानमन्त्रीलाई एमाले प्रमुख सचेतक गिरिको प्रश्न, सत्तापक्षको नेतालाई अपराध गरे पनि छुट हुने ?

प्रधानमन्त्रीलाई एमाले प्रमुख सचेतक गिरिको प्रश्न, सत्तापक्षको नेतालाई अपराध गरे पनि छुट हुने ?



काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरिले, सरकारले जनतालाई सुशासन दिएको भन्दै गोटी खेलेर बसेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनीधिसभाको बैठकमा उनले सरकारले सत्तापक्षका भ्रष्टचारीको नाईकेलाई जोगाएर आम नागरिकलाई सुशासनको रटान दिएर बसेको आरोप लगाए। उनले प्रधानमन्त्री प्रचण्डले, सामाजिक सद्भाव भड्काउन भूमिका खेलेको समेत टिप्पणी गरे । ‘मुलुकमा मिलेर बसेका दाजुभाईहरुलाई आपसमा विद्रोह फैलाउने र मुलुकमा हिंसा भड्काउने, देशमा अराजकताको स्थिती सिर्जना गर्ने काममा स्वयं प्रधानमन्त्रीले मलजल गरिरहनु भएस्को छ । देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदका बसेको व्यक्ति दाजुभाईको बीचमा विद्रोह र घृणा फैलाउने काम गर्ने यो कुनै पनि हालतमा स्वीकार्य छैन । हामी आपत्ति र निन्दा गर्दछौं । ’ उनले भने । उनले सरकारमा सहभागि दलका नेताहरु जस्तो सुकै काण्डमा सहभागि भएपनि छुट दिने काम भएको जिकिर गरे ।

‘आज हामी शुसासन दिइरहेका छौं भनेर सरकारले गोटी हानिरहेको छ । भ्रष्टाचारीको एक एक खोजी गरिरहेका छौं र कारबाही गर्छौ भनेर जनतालाई देखाउने काम गर्छ । तर व्यवहारमा भ्रष्टचारका नाईकेहरु सत्तापक्षका नेताहरु जति ठुलो अपराध र कर्तुत गरे पनि छानबिनको दायरामा ल्याईदैन् ।’ उनले भने ‘पछिल्लो समय सुन तस्करी भयो ।

सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका नेताहरु सत्तापक्षमा नेताहरुलाई सामान्य बोलायर अनुसन्धानको दायरामा ल्याउने काम भएन्। सोधपुछ गर्ने काम भएन । सत्तापक्षको नेता भएपछि जति सुकै अपराध गरे पनि छुट हुने जस्तो ठुलो तस्करी गरे पनि छुट हुने । ’

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  २ : ४६ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी