२०८३, १५ असार मंगलबार

एमाले अध्यक्ष ओलीको सरकारलाई चुनौती–ओम्नी, यती र वाइडबडी सबै छानविन गर

एमाले अध्यक्ष ओलीको सरकारलाई चुनौती–ओम्नी, यती र वाइडबडी सबै छानविन गर


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरिएको भनी आफ्नो समेत नाम जोडेर आएका ओम्नी, यती, वाइडबडी सबै विषयको छानबिन गर्न सरकारलाई चुनौती दिनुभएको छ ।
नेकपा (एमाले) काठमाडौै जिल्ला कमिटीद्वारा सोमबार यहाँ आयोजित एमाले जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कमिसनका लागि कुद्ने पार्टी होइन भन्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– यती यती भनेर कति कराइरहेको, गर न त छानबिन । अस्तिसम्म ललिता निवास भन्दैथे । अहिले भागाभाग छ । उहाँले ललिता निवास प्रकरणको कुरा गर्ने गठबन्धनका मानिसहरूको आफ्नै भागदौड भएको बताउनुभयो ।
अध्यक्ष ओलीले चिया बगानको कुरा उठेको भन्दै त्यसको पनि छानबिन गर्न चुनौती दिनुभयो । उहाँले विना कानुन २०५३ सालमा १९ बिघा र २०६० सालमा ५१ बिघा जमिन कमिसन खाएर बेचेको घटनाको पनि छानबिन गर्न आग्रह गर्नुभयो । नेकपा (एमाले) महान् उद्देश्य बोकेको पार्टी भएकाले कमिसनका पछाडि नकुद्ने अध्यक्ष ओलीले वताउनुभयो ।
सुन तस्करीमा लागेका माओवादीहरू जलहरीको कुरा उठाएर सबैको ध्यान मोड्ने प्रयत्नमा लागेको उहाँको भनाइ छ ।
देश एकछिनको लहडबाजीमा नचल्ने साथै कुनै स्वतन्त्र वा एक व्यक्तिले देश बनाउन नसक्ने वताउँदै अध्यक्ष ओलीले सही विचारमा संगठित भएको पाटीले मात्र देशको समस्या समाधान गर्न सक्ने बताउनुभयो । नेकपा ९एमाले० विरुद्ध अनेक प्रकारका षडयन्त्र गरिए पनि पार्टी खारिएर अघि बढेको र सर्पको काँचुली फेरिए जस्तै छरितो पार्टी बनेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले तत्कालीन नेकपा विभाजन अदालतको फैसलाका कारण नभई प्रचण्डले गराएको वताउनुभयो । निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि माधव नेपाललाई मद्दत गरेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो–निर्वाचन आयोगलाई कसैले तलसम्म देशभरि कता जान्छौं भनेर लाइन लगाउ भनेको थिएन । आफैं जान्थे । तर ठाउँठाउँमा मान्छेलाई लाइन लगाएर पार्टी तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोग पनि लाग्यो ।
सोही कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका प्रतिनिधिहरू सामाजिक कुरीति, भेदभाव र कुप्रथाको विरुद्धमा प्रतिबद्ध भएर उभिनुपर्ने पोखरेलले बताउनु भयो । नेकपा (एमाले)लाई जनताले अडिट गरिरहेको बताउँदै जनप्रतिनिधिले त्यो कुरामा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिकको नजरमा गिर्ने कुनै पनि गतिविधि गर्न नहुने उहाँले बताउनुभयो ।
उहाँले अहिले समाजमा अराजकता निम्त्याउने र अविश्वास सिर्जना गर्ने झुण्ड रहेको वताउँदै सामाजिक अराजकताको विरुद्धमा खबरदारी गर्नुपर्ने जरुरी छ भन्नुभयो । कोशी प्रदेशमा पहिचानको नाममा माओवादीले जातीय विद्वेषको आगो झोस्ने काम गरेको बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफूलाई जिताए जातीय प्रदेशको नामकरण गर्ने भनेर जातीय विद्वेषको आगो झोस्ने काम गर्नुभएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ९ : ०७ बजे

एमाले काभ्रेको नवौँ पूर्ण बैठक सुरु, संगठन विस्तार र जनपरिचालन मुख्य एजेन्डा

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रे जिल्ला कमिटीको नवौँ

राष्ट्रिय धान दिवसमा आधुनिक कृषि प्रविधिको प्रदर्शन, ड्रोनबाट मल र मेसिनबाट धान रोपाइँ

काठमाडौं । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आधुनिक

संसदीय अभ्यास सिक्न सांसदलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जनप्रतिनिधिको हरेक गतिविधिमाथि नागरिकको प्रत्यक्ष

अमेरिका–इरान तनाव फेरि चुलियो, युद्धविराम संकटमा

काठमाडौं। अमेरिका र इरानबीच करिब दुई साताअघि भएको अन्तरिम युद्धविराम

जवज-सञ्चार, विज्ञान र प्रविधि : २१औँ शताब्दीको वर्ग संघर्षको नयाँ मोर्चा

कुनै समय युद्धको परिणाम बन्दुक, तोप र सेनाको संख्याले निर्धारण