२०८३, ७ भाद्र सोमबार

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले काठमाडौं महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउन प्रहरी वृत्त कालिमाटी पुगेका छन्। प्राप्त जानकारीअनुसार परिवारले काठमाडौं महानगरपालिका र ड्युटीमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गराउने तयारी गरेको हो।…