काठमाडौं, भदौ २१ : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्षर्ला दिए । विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्तरुपमा गर्दै आएको पार्टी…