२०८२, २६ माघ सोमबार

सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’

सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभाको बैठकमा सरकार र प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले केही मन्त्रीहरुको अडियो सार्वजनिक भइसकेको घुस लेनदेनको घटनालाई लिएर सरकारको मौनता र सहनशीलता माथि प्रश्न उठाएका हुन् ।

बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’ उनले प्रधानमन्त्रीकै भनाइ उद्धृत गर्दै भने, ‘दुनियाँले सुन्नेगरी भन्न चाहन्छु, हामी भ्रष्टाचार गर्दैनौं -यो प्रधानमन्त्री ज्यूको भनाइ हो । तर अहिलेको व्यवहार त्यस्तो देखिँदैन ।’

पौडेलले लोकतन्त्र, सुशासन, र नैतिकताको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाए । भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता कहाँ छ ? लोकतन्त्रको इमानदार शासन प्रणाली कहाँ छ ? नैतिक मानव, मूल्य र मान्यताको प्रतिबद्धता कहाँ छ ? भन्दै उनले तीव्र असन्तुष्टि व्यक्त गरे । उनले सत्ता नजिक भएकालाई जस्तोसुकै कार्य गर्न छुट दिनु गलत भएको बताए । ‘जसले जे मन लाग्यो त्यही गर्ने, आफ्नो मान्छे भएपछि जस्तो गरे पनि हुने – यही हो लोकतन्त्र ?’ ।

प्रकाशित मिति : २०८२, ३० असार सोमबार  २ : १४ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय