गोरखा, २८ पुस: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले वर्तमान सरकार भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । गोरखा नगरपालिका–१० मा आज नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुई तिहाइको सरकार बन्नेबित्तिकै तत्काल सवै कुरा फेरिहाल्छ भनेर सोच्नु हँुदैन, परिवर्तनका लागि केही समय लाग्छ, धैर्य…