२०८३, १३ कार्तिक शुक्रबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा उठ्ने एजेण्डा र नियमित विषयहरूबारे बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।