२०८३, ३० भाद्र बुधबार

देउवा दम्पतीलाई विदेश जान रोक्ने तयारी स्थगित

देउवा दम्पतीलाई विदेश जान रोक्ने तयारी स्थगित


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद डा. आरजु राणालाई विदेश जान रोक्ने तयारीमा सरकार पछि हटेको छ ।

जेन–जी आन्दोलनका क्रममा देउवाको बुढानिलकण्ठस्थित घरमा जलेको अवस्थामा ठूलो मात्रामा नगद भेटिएको घटनापछि सरकारका संयन्त्रहरूले प्रारम्भिक रूपमा विदेश यात्रा रोक्ने तयारी अघि बढाएका थिए। तर हाल सो तयारी स्थगित गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।

मन्त्रीका अनुसार देउवा दम्पतीलाई अहिल्यै विदेश जान रोक्ने पर्याप्त कानुनी आधार वा प्रमाण नदेखिएको निष्कर्षमा सरकारले पुगेको छ। “राज्यका संयन्त्रहरूले अहिलेसम्म कुनै प्रतिबन्धको आदेश गरेका छैनन्,” उनले भने, “अन्य कारणहरू केलाउँदा अहिले रोक्ने अवस्था छैन ।”

अध्यागमन विभागले पनि देउवा दम्पतीको हकमा रोक लगाउनेबारे कुनै निर्देशन नआएको जनाएको छ। विभागका एक अधिकारीले भने, “देउवा दम्पतीलाई विदेश जान रोक्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।”

यसअघि जेन–जी आन्दोलनको छानबिनका क्रममा सुशीला कार्की नेतृत्वको आयोगको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छविलाल रिजाललाई विदेश जान रोक लगाइएको थियो।

तर देउवा आन्दोलनको समयमा कुनै कार्यकारी पदमा नरहेका कारण र स्वास्थ्य अवस्थालाई आधार मानेर रोक लगाउने आवश्यकता देखिएको छैन।

यद्यपि, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पतीमाथि अनुसन्धान भने निरन्तर गरिरहेको छ। विभागको टोलीले ५ असोजमा देउवाको निवासमा पुगेर जलेको घर र त्यहाँ भेटिएका नोटका टुक्राहरूको मुचुल्का तयार गरेको थियो। तर जलेका नोटका कारण रकमको परिमाण यकिन गर्न नसकिँदा अनुसन्धान जटिल बनेको विभाग स्रोतले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले देउवाका नातेदार भूषण राणाको जावलाखेलस्थित घरमा समेत छापा मारेको थियो। केही कागजात बरामद भए पनि ठोस प्रमाण फेला नपरेको अधिकारीहरूले बताएका छन्।

सरकारका अनुसार देउवा दम्पतीको स्वास्थ्य अवस्था, उमेर र हालको प्रमाणको स्तर हेर्दा तत्काल विदेश यात्रा रोक्ने कारण देखिएको छैन। तथापि, सम्पत्ति शुद्धीकरणको अनुसन्धान निष्कर्ष नआएसम्म निगरानी भने जारी रहने बताइएको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  ९ : २३ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको