२०८२, २८ कार्तिक शुक्रबार

नेपाली कांग्रेस बैठक : नियमित महाधिवेशनमै जोड

नेपाली कांग्रेस बैठक : नियमित महाधिवेशनमै जोड


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिरमा नियमित महाधिवेशन गर्ने निर्णयलाई प्राथमिकता दिँदै विशेष महाधिवेशनको माग अस्वीकार गरेको छ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बिहीबार बसेको बैठकमा अधिकांश सदस्यहरूले नियमित प्रक्रियाबाटै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

१४औं महाधिवेशनका ५३ प्रतिशतभन्दा बढी प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नियमित महाधिवेशन समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे। डा. शेखर कोइराला, गगनकुमार थापा, मोहनबहादुर बस्नेत र अन्य नेताहरूले पनि विशेष होइन, नियमित महाधिवेशनमार्फत पार्टीमा ऊर्जा र एकता ल्याउनुपर्ने धारणा राखे।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकको एजेन्डामा विशेष महाधिवेशन समावेश नै थिएन र कांग्रेसले मंसिरमै नियमित महाधिवेशन गर्ने दिशामा छलफल अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ३१ बजे

आज दुई वटा संसदीय समितिको बैठक बस्दै, आगामी निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ । संघीय संसदअन्तर्गतका दुई वटा स्थायी समितिहरूको बैठक आज

पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा

ग्लोबल आईएमई बैंकको १९औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश

काठमाडौँ । नेपालकै सबैभन्दा ठूला र अग्रणी वाणिज्य बैंकहरूमध्ये एक

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई