काठमाडौँ २१ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल कुरियर सेवा सङ्घको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले खोजेको राजनीतिक परिवर्तन मात्रै होइन, सुख र समृद्धिसहितको आर्थिक सामाजिक परिवर्तन हो ।” मन्त्री बाँस्कोटाले सरकारले आमसञ्चार क्षेत्रको कानून निर्माण…