काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग कूटनीतिक संयन्त्रहरूबाट समाधान गर्ने समझदारी भएको बताएका छन् ।प्रतिनिधि सभामा आज ९सोमबार० राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल भारत सिमानामा सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापनाको काम भइरहेको पनि बताएका हुन् । ‘नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद, नेपाल सरकार…