२०८३, २० आश्विन बुधबार

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै

रामकुमारी झाँक्रीसहितका नेताहरू आज एमाले फर्किँदै


काठमाडौं । एकतापछि नेकपा (एमाले) मा नफर्केका नेताहरू आज (सोमबार) पुनः एमाले प्रवेश गर्दै छन्।

एमालेले सोमबार दिउँसो २:३० बजे राष्ट्रिय सभागृहमा “घर फर्क राष्ट्रिय अभियान” सञ्चालन गर्न लागेको छ। यही कार्यक्रममा पूर्वमन्त्री रामकुमारी झाँक्रीसहितका नेताहरू औपचारिक रूपमा एमालेमा फर्कने भएका हुन्।

एकीकरणको क्रममा नेकपा (एकीकृत समाजवादी) पक्षमा रहँदै एमालेमा नफर्केका झाँक्रीसँगै निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, र गम्भीरलाल श्रेष्ठसहितका नेताहरू पनि एमाले प्रवेश गर्न लागेको एमाले स्रोतले जनाएको छ।

उनीहरूलाई एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम तय गरिएको छ।

एमालेले यस अभियानमार्फत पार्टी छाडेका पुराना नेता तथा कार्यकर्तालाई पुनः संगठित गर्ने रणनीति लिएको बताएको छ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ९ : २० बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको