काठमाडौं । आगामी चुनावबारे प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग आज संयुक्त छलफल गर्ने भएकी छन्। छलफल अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुनेछ। फागुन २१ गतेका लागि तय गरिएको चुनावका लागि दल दर्ता प्रक्रिया चलिरहेका बेला सहभागितासम्बन्धी आवश्यक समन्वय तथा अपिल प्रक्रियाबारे प्रधानमन्त्रीले सबै दलसँग एकैपटक परामर्श गर्न लागेकी हुन्,…