२०८३, २० आश्विन बुधबार

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु

आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार-प्रसार सुरु


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन आचारसंहिताअनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने व्यवस्था रहेकाले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म दल तथा उम्मेदवारहरूले प्रचार गर्न पाउने भएका हुन्।

निर्वाचन आयोग नेपाल ले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई उच्च प्राथमिकतामा राख्दै आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई आग्रह गरेको छ। आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले आचारसंहिता उल्लङ्घनका घटनामा शून्य सहनशीलता नीति अपनाइने स्पष्ट पार्नुभयो। उल्लङ्घन भएमा आयोगले स्पष्टीकरण सोध्ने, सचेत गराउने, दण्ड–जरिवाना गर्ने तथा गम्भीर अवस्थामा उम्मेदवारी खारेजसम्म गर्ने कानुनी व्यवस्था रहेको उहाँको भनाइ छ।

आयोगका अनुसार तोकिएको मापदण्डअनुसार दल तथा उम्मेदवारहरूले पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार–प्रसार गर्न सक्नेछन्। आमसभा तथा कोणसभा गर्दा मञ्च निर्माण लगायतका खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ।

यसैबीच, निर्वाचन अवधिमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ। निर्वाचनको मर्यादा कायम राख्दै स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा प्रचार–प्रसार गर्न आयोगले सबै पक्षसँग अपिल गरेको छ।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ७ : ३२ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय