२०८३, ११ कार्तिक बुधबार

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता

डाँडापारीमा एमालेको माहोल, ‘डाँडापारी बनाउने’ अमित लामाको प्रतिबद्धता


काभ्रे। काभ्रे निर्वाचन क्षेत्र नं. १ अन्तर्गत डाँडापारी क्षेत्रमा चुनावी माहोल तातेको छ। गाउँ-बस्तीमा भइरहेको घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रति स्थानीयवासीको आकर्षण बढ्दो देखिएको छ।

एमालेका उम्मेदवार अमित लामा डाँडापारीका खानीखोला र महाभारतका विभिन्न बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। स्थानीय पूर्वाधार, सडक विस्तार, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको सुधारलाई प्राथमिकतामा राख्दै उनले डाँडापारी क्षेत्रलाई विकासको नयाँ ढाँचामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। “डाँडापारीलाई अवसर र पूर्वाधारको हिसाबले पछि पर्न दिन्नौं। योजनाबद्ध विकासमार्फत यस क्षेत्रलाई नमुना बनाउने लक्ष्य छ,” लामाले घरदैलो कार्यक्रममा बताएका छन्।

स्थानीय बासिन्दासँगको भेटघाटमा लामाले युवालाई रोजगारी, कृषिमा आधुनिकीकरण, पर्यटन सम्भावनाको प्रवर्द्धन र भौतिक पूर्वाधार निर्माणलाई मुख्य एजेन्डा बनाएका छन्।

आगामी निर्वाचन नजिकिँदै जाँदा डाँडापारी क्षेत्रमा एमालेको पक्षमा सकारात्मक लहर देखिएको समर्थकहरूको भनाइ छ। विकास र स्थायित्वको नारासहित मैदानमा उत्रिएका अमित लामाले डाँडापारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याउँदै चुनावी अभियानलाई तीव्र बनाएका छन्।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  १० : २३ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल