काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश हाल प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेले प्रभावकारी कदम चाल्दै देशलाई लोकतान्त्रिक बाटोमा फर्काउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। अध्यक्ष ओलीले भने, “देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा फर्काउनुपर्छ।” उनले…