बाजुरा, ६ भदौ । स्थानीय सरकार सञ्चालनको प्रचलित ऐन नियम विपरीत नगरप्रमुख र उपप्रमुखले एकलौटी निर्णय गर्ने गरेको आरोप लगाउँदै बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले आफूहरु कुनै पनि समितिमा सहभागी नहुने गरी सामूहिक राजीनामा दिएका छन् । समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएको भन्दै उनीहरुले गत बिहीबार प्रमुख र उपप्रमुखको ध्यानाकर्षण…