२०८२, २६ माघ सोमबार

प्रचण्डको भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति : एमालेले जनायो कडा आपत्ति

प्रचण्डको भारतीय मिडियामा आपत्तिजनक अभिव्यक्ति : एमालेले जनायो कडा आपत्ति


काठमाडौं । दक्षिण भारतबाट सञ्चालित अंग्रेजी भाषाको अखबार ‘दि हिन्दू’मा प्रचण्डको बिहीबार आएको अन्तर्वार्तामा बोलेका केही मुद्दामा नेकपा एमालेले औपचारिक आपत्ति जनाएको छ ।

एमाले विदेश विभाग प्रमुख तथा सचिव रघुवीर महासेठले प्रेस वक्तव्य जारी गर्दै आपत्ति जनाएका छन् । वक्तव्यमा प्रचण्डले प्रयोग गरेका ‘चिनियाँ कार्ड’ र ‘अपरिपक्वताको प्रमाण’ आदि भनेकोमा एमालेले आपत्ति जनाउँदै अंग्रेजीमै वक्तव्य निकालेको छ ।

अन्तर्वार्तामा प्रचण्डले ओलीको भारतभन्दा पहिले चीन भ्रमण हुनुमा चिनियाँ कार्ड भन्दै उनले भारतसँग नेपालको इतिहास, संस्कृति र भूगोलको निकटता भएकोले पहिलो दुईपक्षीय विदेश भ्रमण भारत नै हुनुपर्ने तर्क गरेका थिए ।

यसमा एमालेले कडा आलोचना गर्दै भनेको छ, ‘प्रचण्डको अभिव्यक्तिले नेपालले नेपालको विकास र समृद्धिका अंग रहेका दुई छिमेकी भारत र चीनसँग राख्दै आएको कोमल सन्तुलनलाई नजरअन्दाज गरेको छ ।’

प्रधानमन्त्री ओलीले ऐतिहासिक नेतृत्व तथा राजनेताको रुपमा नेपालको सार्वभौमसत्तालाई ख्यालमा राखेर काम गरेको वक्तव्यमा भनिएको छ । कान्तिपुर कन्क्लेभमा प्रधानमन्त्री ओलीले भारतभन्दा चीन पहिलो भ्रमणमा जाने हो भन्ने सवालमा नेपाल जस्तो सार्वभौम देशको प्रधानमन्त्रीले जता सहज हुन्छ उतै जाने प्रतिक्रिया दिइसकेका छन् ।

प्रकाशित मिति : २०८१, १ मंसिर शनिबार  ९ : २८ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय