२०८२, १८ असार बुधबार

एमाले बागमती प्रचार विभागले दियो जिल्ला स्थित प्रचार विभागहरुलाई यस्तो निर्देशन

एमाले बागमती प्रचार विभागले दियो जिल्ला स्थित प्रचार विभागहरुलाई यस्तो निर्देशन


काठमाडौं: मंसिर ७ गते राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको जागरण सभालाई सम्पन्न गराउन नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागले विभिन्न निर्णयहरु गरेको छ ।
पार्टी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षतामा भएको बैठकले जागरण सभालाई व्यबस्थित गराउन आवश्यक सबै उपायहरु अबलम्मन गर्न बागमती प्रदेशका जिल्ला स्थित प्रचार विभागहरुलाई निर्देशन दिएको छ ।
पार्टीका विरुद्ध अहिले भइरहेका अनेकौं षडयन्त्रहरु चिर्न र मूलुकमा कानूनी शासन कायम राख्न प्रचार विभागका सदस्यहरुको ठूलो भूमिका रहेको निश्कर्ष निकाल्दै बैठकले अस्थिरता र अराजकता फैलाएर स्वार्थ सिद्ध गर्न खोज्ने तत्वहरुका बिरुद्ध प्रचार विभागमा रहनुभएका सम्पूर्ण सदस्यहरुको जिम्मेवारी रहेको औंल्याएको छ ।
बैठकले आगामी मंसिर १६ गते हुने उप निर्वाचनमा पार्टीका उमेदवारहरुलाई विजयी गराउन प्रचार विभागमा आवद्ध सबैलाई सक्रियतापूर्वक कार्य क्षेत्रमा खटिन निर्देशनजारी गर्दै आगामी पुसको पहिलो साता बागमती प्रदेशमा प्रचार भेलाको आयोजना गर्ने निर्णय गरेको छ । त्यसैगरी तत्कालिन निरंकुश पञ्चायती शासकद्वारा घटाइएको सिन्धुपाल्चोक स्थित पिस्कर हत्या काण्ड’ का विषयमा श्रब्यदृश्य सामाग्री निर्माण गर्ने निर्णय गरेको लामाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१, ४ मंसिर मंगलबार  १० : ४१ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर