२०८३, ७ आश्विन बिहीबार

चाँगुनारायण नगरपालिकामा मुख्यमन्त्री किरण थापाले भन्नुभयो : भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउँछौं

चाँगुनारायण नगरपालिकामा मुख्यमन्त्री किरण थापाले भन्नुभयो : भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउँछौं


भक्तपुर, ८ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा भोटेकोशीमा गत भदौ १० गत आएको बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुर्ननिर्माणमा सघाउन स्थानीय सरकालाई आग्रह गर्नु भएको छ ।

आज भक्तपुरको चाँगुनारायण नगरपालिकाले कार्यालयमा आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले वागमती प्रदेश भित्रका र देशभरका स्थानीय तहलाई पुर्ननिर्माणमा सघाउँन आव्हान गर्नु भएको हो ।

उहाँले भन्नुभयो, “रसुवा भोटेकोशी बाढीबाट विद्यालय भवन, स्वास्थ्य संस्था, पुलहरुक्षति भएका छन्, अत्यावश्यक संरचनाहरु छिटो बनाउँन पालिकादेखि स्थानीय वासिन्दाले हामीलाई आग्रह गरिरहनु भएको छ, हामीसंग पर्याप्त बजेट छैन, त्यसैले सबै पालिकाले मिलेर सक्ने जति सहयोग गरौ, पालिकाहरु मिलेर विद्यालय भवन, स्वास्थ्य संस्थादेखि पक्कि पुल र झोलुङ्गे पुल निर्माणमा सघाउँनुहोस्, हामी त्यहाँ शिलापत्रमा सहयोग गर्ने पालिकाहरुको नाम ईतिहाससम्म हुने राख्छौं ।”

संघीय सरकारको राहत कोषमा रकम जम्मा भएर बसे पनि अत्यावश्क संरचनाहरु तत्काल पुर्ननिमाण गर्नु पर्ने अबस्था आएको तर संघीय सरकाबाट प्रक्रिया ढिलो हुने भएकाले पालिकाहरुले आफुले सकेजति सहयोग गरेर पुर्ननिर्माणमा जुट्न आग्रह गर्नु भयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “भक्तपुरका चार पालिका छन्, चारै पालिकाले मिलेर एउटा स्कुल भवन वा झोलुङ्गे पुल मात्रै भए पनि बनाउँन सहयोग गर्नुस्, तपाईहरुको नाम ताम्रपत्रमा राख्नुस्, तर देशभित्रको एउटा पालिकालाई अर्को पालिकाले सहयोग गर्ने परम्परा बसालौ । म सबै पालिकालाई पुर्ननिर्माणमा सघाउँन आव्हान गर्छु ।”

उहाँले भक्तपुरलाई स्वास्थ्य, शिक्षा र पर्यटनको हव बनाउने उदेश्यले आफू लागिरहेको बताउदै भक्तपुरवासीले कुनै पनि रोगको उपचारका लागि भक्तपुर छाडेर अन्यत्र जानु नपर्ने र स्नातकोत्तरसम्म सबै संकायको भत्तःपुरमा अध्ययन अध्यापन गराएर यहीँ गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्ने अबस्थादेखि पालिकाहरुमा पर्यटकीय गन्तव्यको प्रचार गर्दै यही बास बस्ने अबस्था सृजन ागर्नेगरि काम सुरु गरेको बताउनुभयो ।

चाँगुनारायणमा धेरै नै सार्वजनिक जग्गा रहेकाले यहाँका वडा नं. १ देखि ९ सम्म ल्याण्ड पुलिङ्गको माध्यमबाट छरिएर रहेका सार्वजनिक जग्गालाई एकीकृत गरि औद्योगिक ग्राम, रंगशाला जस्ता विकासमा संरचनाहरु निर्माण गर्न प्रदेश सरकार लागेको बताउनुभयो । प्रदेशको १३ वटै जिल्लाको विकास र सम्बृद्धिको अभियान प्रदेश सरकारले सुरु गरिसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीले भोटेकोशी बाढीमा क्षतिग्रस्त संरचना पुर्ननिर्माणमा नगरपालिकाले सघाउने बताउदै नगरपालिकाको थप विकासका लागि प्रदेश सरकारले सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ९ : २७ बजे

प्राडा शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि, मन्त्री पोखरेलले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा

राष्ट्र बैंकको निर्देशन संशोधन : बैंकको शेयर लगानी अवधि ६ महिनाबाट ४५ दिनमा झर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी

एमाले केन्द्रीय कमिटीका २२ निर्णय सार्वजनिक, महासचिव पोखरेलद्वारा जारी प्रेस वक्तव्यको पूर्णपाठ

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले समसामयिक राजनीतिक तथा

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता हुने, केन्द्रीय कमिटीबाट अनुमोदन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने