काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई शुक्रबार उत्तरपूर्वी शहर मशहदस्थित इमाम रेजाको पवित्र दरगाहमा अन्त्येष्टि गरिएको छ। लाखौँ समर्थकको उपस्थितिमा सम्पन्न अन्त्येष्टिलाई इरानले आफ्नो धार्मिक र राजनीतिक शक्ति प्रदर्शनका रूपमा समेत प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। खामेनीको निधनपछि इरानभर एक सातासम्म शोक यात्रा, श्रद्धाञ्जली सभा र धार्मिक कार्यक्रम सञ्चालन गरिएको थियो।…