२०८३, १० कार्तिक मंगलबार

डि.बी. कार्कीसहित नेकपाका केन्द्रीय नेताहरू एमालेमा, अध्यक्ष ओलीद्वारा स्वागत

डि.बी. कार्कीसहित नेकपाका केन्द्रीय नेताहरू एमालेमा, अध्यक्ष ओलीद्वारा स्वागत


काठमाडौं । नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित पार्टीका केन्द्रीय तहका नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै उनीहरूलाई सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गर्नुभयो।

एमालेमा प्रवेश गर्ने नेताहरूमा पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित केन्द्रीय सदस्य राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन्।

नवप्रवेशी नेताहरूलाई अध्यक्ष ओलीले पार्टीको सदस्यता प्रदान गर्दै संगठनलाई थप सुदृढ बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको थियो।

एमालेले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा समेट्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  २ : ५० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना