२०८३, २५ असार शुक्रबार

खामेनीको अन्तिम बिदाइमा लाखौँको सागर, उत्तराधिकारी मोज्तबा अझै सार्वजनिक भएनन्

खामेनीको अन्तिम बिदाइमा लाखौँको सागर, उत्तराधिकारी मोज्तबा अझै सार्वजनिक भएनन्


काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई शुक्रबार उत्तरपूर्वी शहर मशहदस्थित इमाम रेजाको पवित्र दरगाहमा अन्त्येष्टि गरिएको छ। लाखौँ समर्थकको उपस्थितिमा सम्पन्न अन्त्येष्टिलाई इरानले आफ्नो धार्मिक र राजनीतिक शक्ति प्रदर्शनका रूपमा समेत प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खामेनीको निधनपछि इरानभर एक सातासम्म शोक यात्रा, श्रद्धाञ्जली सभा र धार्मिक कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा देशभरबाट लाखौँ नागरिक सहभागी भएका थिए। अन्त्येष्टिको दिन मशहदका सडकहरू मानवसागरमा परिणत भएका थिए।

तर सबैको ध्यान भने हालका सर्वोच्च नेता मोज्तबा अली खामेनीको अनुपस्थितितर्फ केन्द्रित भयो। उनी युद्ध सुरु भएयता एकपटक पनि सार्वजनिक रूपमा देखिएका छैनन्। रोयटर्सका अनुसार आफ्ना पितासँगै भएको आक्रमणमा उनी गम्भीर घाइते भएका थिए। अनुहारमा चोट लागेको, हातखुट्टा घाइते भएको र अझै उपचाररत रहेकाले सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेको बताइएको छ। सुरक्षा जोखिमका कारण पनि उनलाई बाहिर नल्याइएको स्रोतहरूको भनाइ छ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको पहिलो संयुक्त आक्रमणमै आयतोल्लाह अली खामेनी मारिएका थिए। त्यसयता मध्यपूर्वमा तनाव चुलिएको थियो। गत महिना युद्धविराम भए पनि पछिल्ला दिनमा फेरि तनाव बढ्दै गएको छ।

बिहीबार खामेनीको शवलाई विशेष ट्रकमार्फत मशहदका मुख्य सडक हुँदै इमाम रेजा दरगाहसम्म लगिएको थियो। सेता पगडीधारी धर्मगुरुहरू शवयात्राको अग्रभागमा थिए भने हजारौँ समर्थकहरूले इरानी झण्डा, खामेनीका तस्बिर र क्रान्तिकारी नारासहित अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

रोयटर्सका अनुसार इरानी नेतृत्वले विशाल जनसहभागितासहितको अन्त्येष्टिमार्फत अन्तर्राष्ट्रिय दबाबका बीच पनि राज्यको वैचारिक एकता, जनसमर्थन र राजनीतिक सन्देश विश्वसामु प्रदर्शन गर्ने प्रयास गरेको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  १० : ०३ बजे

एम्बाप्पेको हुंकार: ‘बेल्जियम होस् वा स्पेन, फ्रान्स कसैसँग डराउँदैन’

काठमाडौं । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ को

खामेनीको अन्तिम बिदाइमा लाखौँको सागर, उत्तराधिकारी मोज्तबा अझै सार्वजनिक भएनन्

काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलाई शुक्रबार

औषधि र उद्योगका लागि गाँजा खेती खुला, गण्डकी प्रदेशसभाबाट विधेयक सर्वसम्मत पारित

पोखरा । गण्डकी प्रदेशले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा

३३ करोडको टेलिकम भ्रष्टाचार मुद्दा ढल्यो, विशेष अदालतबाट सबै १८ आरोपी निर्दोष

काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्कामा