२०८३, १ भाद्र मंगलबार

मध्यपूर्वमा युद्धको जोखिम बढ्यो : अमेरिकी सेनाको हमला, इरानको चेतावनी ‘अबको जवाफ अझ कडा हुनेछ’

मध्यपूर्वमा युद्धको जोखिम बढ्यो : अमेरिकी सेनाको हमला, इरानको चेतावनी ‘अबको जवाफ अझ कडा हुनेछ’


काठमाडौं । अमेरिका र इरानबीचको सैन्य टकराव थप खतरनाक मोडमा पुगेको छ। अमेरिकी सेनाले पछिल्ला ४८ घण्टामा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमाथि आक्रमण गरेको जनाएको छ भने इरानले त्यसको प्रतिकारस्वरूप अमेरिकी सैन्य हितमाथि थप आक्रमण गर्ने चेतावनी दिएको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टीकम) का अनुसार हवाई कारबाहीमा इरानका एयर डिफेन्स प्रणाली, ड्रोन भण्डारण केन्द्र, तटीय सैन्य संरचना तथा अन्य रणनीतिक स्थलहरूलाई निशाना बनाइएको हो। अमेरिकी पक्षले यसलाई इरानको सैन्य क्षमता कमजोर बनाउने अभियानको हिस्सा भनेको छ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकाले होर्मुज जलडमरूमध्यमा सैन्य गतिविधि बढाए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ। आईआरजीसीले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीट मुख्यालय, कुवेतको अली अल–सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

इरानी सञ्चारमाध्यमका अनुसार अमेरिका–इरान द्वन्द्व लम्बिए होर्मुज जलडमरूमध्यबाट हुने अन्तर्राष्ट्रिय व्यापार र तेल आपूर्तिमा ठूलो असर पर्नेछ। विश्वको ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने यस जलमार्गमा अस्थिरता बढे धेरै मुलुकको अर्थतन्त्र प्रभावित हुन सक्ने चेतावनी पनि इरानले दिएको छ।

यसैबीच, उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक रेलमार्गको पुलमा अमेरिकी क्रुज मिसाइल प्रहार भएको दाबी सार्वजनिक भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँगको युद्धविराम अब प्रभावहीन भएको र नयाँ सम्झौताको सम्भावना नरहेको बताएका छन्। तर अमेरिकी प्रशासनले कतार र पाकिस्तानको पहलमा प्राविधिक तहमा कूटनीतिक संवाद भने निरन्तर जारी रहेको जनाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले सैन्य दबाब र धम्कीका बीच कुनै पनि प्रकारको वार्ता सम्भव नरहेको स्पष्ट पार्दै अमेरिकाले आफ्ना अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान नगरेसम्म समाधान ननिस्कने बताएका छन्।

यसैबीच, बुशहर आणविक केन्द्र आसपास विष्फोटका आवाज सुनिए पनि अमेरिकी पक्षले ती घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ। उता कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र जोर्डनले क्षेत्रीय तनावप्रति चिन्ता व्यक्त गर्दै थप सैन्य गतिविधिले मध्यपूर्वलाई अझ अस्थिर बनाउने चेतावनी दिएका छन्।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ९ : ०९ बजे

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक

कोशी सरकारमा नेकपाको ‘पावर इन्ट्री’, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक

प्रवासी नेपाली मञ्च अष्ट्रेलियामा रमेश पौडेलको नेतृत्व, आठै राज्यका प्रतिनिधिबीच सर्वसम्मत नयाँ टिम

सिड्नी । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको छैठौँ राष्ट्रिय अधिवेशनले

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश आउन बाँकी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सर्वोच्च अदालतमा

४५ सांसदको साथले जोगियो लुम्बिनी सरकार, आचार्यको कुर्सी सुरक्षित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभामा विश्वासको मत