२०८३, १८ आश्विन सोमबार

राहदानी विभागको गेटमै आत्मदाह प्रयास, एक पुरुष गम्भीर घाइते

राहदानी विभागको गेटमै आत्मदाह प्रयास, एक पुरुष गम्भीर घाइते


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य प्रवेशद्वार अगाडि एक पुरुषले शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्।

घटनापछि तत्कालै प्रहरी र सर्वसाधारणले आगो निभाई ती पुरुषको उद्धार गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार घाइते पुरुषको परिचय अझै खुल्न सकेको छैन। आत्मदाह प्रयास गर्नुको कारण पनि यकिन भइसकेको छैन।

घटनापछि राहदानी विभाग परिसरमा केहीबेर अफरातफरी मच्चिएको थियो। प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी घटनाको कारण र पृष्ठभूमिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  २ : ४० बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय