काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार दोस्रो दिन पनि उच्च छलाङ मारेको छ। दुई दिनमै प्रतितोला १२ हजार २०० रुपैयाँले वृद्धि भएपछि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार थप ८ हजार रुपैयाँले उकालो…