२०८३, १० कार्तिक मंगलबार

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ


काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। यसलाई कांग्रेसभित्रको नेतृत्व विवादको महत्वपूर्ण कानुनी मोडका रूपमा हेरिएको छ।

प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमाथि सुनुवाइ हुने तय भएको छ।

आजको सुनुवाइपछि सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा (अनुमति) दिने वा नदिने विषयमा निर्णय गर्नेछ। निस्सा स्वीकृत भए मुद्दा पुनः विस्तृत सुनुवाइमा जानेछ भने अस्वीकृत भए यसअघिको आदेश नै कायम रहनेछ।

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले यसअघि दिएको आदेशविरुद्ध निवर्तमान सभापति देउवाले पुनरावलोकनको निवेदन दिएका थिए। आजको सुनुवाइ र त्यसबाट आउने आदेशलाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व विवादका दृष्टिले चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ३ : ४९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना