२०८३, २० श्रावण बिहीबार

सुन तोलामा १२ हजार २०० रुपैयाँ महँगियो, प्रतितोला २ लाख ९६ हजारमा कारोबार

सुन तोलामा १२ हजार २०० रुपैयाँ महँगियो, प्रतितोला २ लाख ९६ हजारमा कारोबार


काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार दोस्रो दिन पनि उच्च छलाङ मारेको छ। दुई दिनमै प्रतितोला १२ हजार २०० रुपैयाँले वृद्धि भएपछि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ४ हजार २०० रुपैयाँले बढेको सुनको मूल्य बिहीबार थप ८ हजार रुपैयाँले उकालो लागेको हो। बुधबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ९६ हजार रुपैयाँ पुगेको छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ९५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५७० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च रहेको छ। बिहीबार सुन प्रतिऔंस ४ हजार २५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ४ : ०१ बजे

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार

सुन तोलामा १२ हजार २०० रुपैयाँ महँगियो, प्रतितोला २ लाख ९६ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार दोस्रो दिन पनि

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ

काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवाले दायर

मुख्यमन्त्री हटाउने हल्ला ‘सफेद झूट’, पार्टीको निर्देशन नै अन्तिम : शेरधन राई

विराटनगर । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन