२०८३, १० कार्तिक मंगलबार

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने

पूर्वप्रधानमन्त्री शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किने


काठमाडौँ । शेख हसिना ले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेकी छन्। भारतमा रहँदै बुधबार साँझ अडिओमार्फत आयोजित पत्रकार सम्मेलनमा उनले स्वदेश फर्कने निर्णय सार्वजनिक गरेकी हुन्।

हसिनाले यसअघि पनि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा डिसेम्बरमा स्वदेश फर्कने योजना रहेको बताएकी थिइन्। यसपटक भने उनले प्रत्यक्ष रूपमा आफू नागरिकहरूमाझ फर्किने घोषणा गरेकी हुन्। उनले भनिन्, “म मेरा नागरिकहरूकहाँ फर्कन्छु। पहिले पनि धेरै पटक गिरफ्तार भएकी छु। त्यसबेला पनि देश फर्किएकी थिएँ। लोकतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाप्रति मेरो विश्वास अटल छ।”

यद्यपि, उनले स्वदेश फर्किने ठ्याक्कै मिति र समय भने पछि सार्वजनिक गर्ने बताएकी छन्। बंगलादेशमा करिब १५ वर्षसम्म शासन गरेकी हसिना सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी नेतृत्वको आन्दोलनपछि देश छोडेर भारत पुगेकी थिइन्। आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि हिंसात्मक दमन गरेको आरोपमा उनीविरुद्ध मानवताविरुद्धको अपराध सम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा गत नोभेम्बरमा विशेष न्यायाधिकरणले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

बंगलादेश सरकारले हसिनालाई स्वदेश फिर्ता पठाउन भारतसँग पटक–पटक आग्रह गरे पनि भारतले त्यसमा सहमति जनाएको थिएन। अब भने हसिनाले स्वयं डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेसँगै त्यहाँको राजनीतिक परिस्थितिले नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ८ : ४२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना