काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैते दशैँको नवरात्र सुरु भएको छ। यस अवसरमा हनुमानढोका दरबारमा विधिपूर्वक घटस्थापना गरी नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीका अनुसार, आज बिहान ७:५१ बजेको साइत घटस्थापनाका लागि उत्तम रहेको छ। उनले जानकारी दिए अनुसार घटस्थापना उत्तर फर्केर गर्नुपर्ने पनि साइत…